आजकाे माैसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आँशिक देखि सामान्य  बदली रहेको  छ।

कोशी, मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ,भने कोशी, बागमती र गण्डकी प्रदेशका केही  र बाँकी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2023-07-13 07:44:00

प्रतिकृया दिनुहोस्