अडियाे टेपबारे आरजुकाे जवाफ– त्याे आवाज मेराे हाेइन, केटा मान्छेकाे हाे (भिडियाे)

नेपाली काँग्रेसकी नेत्रीसमेत रहेकी शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अभियुक्त सन्देश शर्मासँग कुरा गरेकाे अडियाेमा महिलाकाे आवाज आफ्नाे नभएकाे दाबी गरेकी छन्। साेमबारकाे प्रतिनिधिसभा बैठक सकेर बाहिँदै गर्दा नेत्री राणाले उक्त अडियाेमा आफ्नाे बाेलीलाई नक्कली बनाएर प्रस्तुत गरिएकाे दाबी गरेकी हुन्।

‘दुई वटा केटा मान्छेको स्वर हो, त्यो मेरो स्वर होइन। म दुई वटा कुरा भन्छु,- त्यो मान्छे केसमै मुछिएकै मान्छे हो। उले जे भनेको छ, त्यो भने गलत हो,’ उनले भनिन्।

नेत्री राणाले सो अडियोमा रहेकाे आवाज पक्राउ पर्नेहरुको भएको र पक्राउ पर्नेहरुले आफ्नाे आवाज हाे भनि स्वीकार गरिसेकाे बताइन्। उनले उक्त अडियाे याेजनाबद्ध तरिकाले बनाएर आफूलाई फसाउन खाेजेकाे टिप्पणी गरिन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे वैशाख ४ गते प्रहरीलाई बयान दिएकाे र १६ गते अडियाे बाहिरिनु शंकास्पद विषय रहेकाे बताइन्।

‘प्लान बनाएर यसो भन भनेपछि मैले भनेको हो र मैले उहाँलाई चिन्दिनँ भनेर कोर्टमा र पुलिसमा पनि त्यही भनेको छ,’ उनले भनिन्, ‘मैले उहाँलाई चिन्दिनँ भनेर चैत ४ गते (वैशाख ४ गते) पुलिसमा बयान भएको रहेछ। त्यो कोर्टमा नै दिएको सपुदमा छ। १६ गते म चिन्दिनँ भनेको टेप कसरी बाहिर आयो ? यो मेरो लागि पनि ठुलो प्रश्न हो। आज जनता भोलि कसैलाई फसाउने हो भने राति १२ बजे टेप कसरी बाहिर आयो ?’

भिडियाे :

प्रकाशित मिति: : 2023-07-10 18:26:00

प्रतिकृया दिनुहोस्