प्रितम सिंहबारे दिएकाे अभिव्यक्तिमा प्रचण्डको जवाफ– थोरै भावनामा आएँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावनात्मक रुपमा बहकिएर प्रितम सिंहबारे टिप्पणी गरेका बताएका छन्।

आज (सोमबार)को प्रतिनिधिसभा बैठकमा आफूले दिएको भारतीय सरदार प्रितम सिंहप्रति दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफू भावनात्मक बहकाइमा आएर त्यस्तो जवाफ दिएको टिप्पणी गरेका हुन्।

‘म अलिकति सेन्टिमेन्टल त छु, नै यही त प्रचण्ड भयो। अब गर्नुहुन्छ के ?,’ उनले भने, ‘थोरै भावनामा म आएँ र मैले त्यो कुरा नभनेको भए हुन्थ्यो भन्नुपर्ने जरुरी पनि थिएन।’

प्रधानमन्त्री प्रचण्डले २०६८/०६९ आफ्नी जेठी छोरी ज्ञानु दाहाललाई क्यान्सर रोग लागेको बेला उपचारको क्रममा दिल्ली गएको र प्रितम सिंहको घरमा बसेको त्यही क्रममा प्रितिम सिंहले दिएको सामान्य कुरालाई स्मरण गर्दै पुस्तक विमोचनको कार्यक्रममा बोलेको बताएका छन्।

‘म मेरी बिरामी छोरीको साथ प्रितम सिंहको घरमा थिएँ। त्यही क्रममा उहाँ (प्रितम सिंह)ले भन्ने भन्नु भयो। ‘तपाईं त प्रधानमन्त्री हुनुपर्ने मान्छे हो, यो परिवर्तनको लागि तपाईंले धेरै गर्नुभयो तपाईं त प्रधानमन्त्री हुनुपर्छ’ मात्रै भन्नु भएको हो। मैले त्यही कुरा स्मरण गरेको हो,’ प्रधानमन्त्री दाहालले भने। पुस्तक विमोचनको क्रममा प्रितम सिंहले नेपालको लागि दिएको योगदानबारे भन्ने क्रममा त्यो प्रसंग उठाएको उनको भनाइ छ।

प्रचण्डले प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउने हैसियतमा नरहेको र खाली ‘तपाईं प्रधानमन्त्री भन्नु पर्छ’ भनेर सामान्य कुरा मात्रै गरेको बताए।

प्रकाशित मिति: : 2023-07-10 17:00:00

प्रतिकृया दिनुहोस्