किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ। सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो।
शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरे।
सहिद पन्तको जीवनीसँगसम्बन्धित किताब र उनको पहलकदमी थालनी गरिएका कामा तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ।