प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मिटरब्याज (अनुचित कारोबार) कारोबारमा नेपाल सरकारका उच्च पदस्थ ब्यक्तिहरु सहभागी रहेको आरोप लगाएको छ। आजको प्रतिनिधिसभाकाे दोस्रो बैठकमा बोल्दै एमालेका प्रमुख सचेतकसमेत रहेका सांसद पदम गिरीले यस्तो दाबी गरेका हुन्।
उनले मिटरब्याज प्रकरण अत्यन्त गम्भीर विषय रहेको बताए। ‘यसमा राष्ट्र सेवकका उच्च पदस्थ कर्मचारीहरु संलग्न छन्। राजनीतिक दलका ठुला नेताहरुको संलग्नता छ। प्रहरीका उच्च अधिकारीहरु संलग्न छन,’ उनले भने।
उनले मिटरब्याज प्रकरणविरुद्ध राम्रो नीति बनाउन आवश्यक रहेको बताए।