ललिता निवास प्रकरण: अख्तियारका पूर्व प्रमुख आयुक्तविरुद्ध पक्राउ पुर्जी जारी

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो।

प्रहरीका अनुसार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा उनले लैजान भू-माफियासँग मिलेर सरकारी लिखत किर्ते गरेको आरोप छ। बस्न्यात अहिले फरार छन्। 

प्रकाशित मिति: : 2023-06-30 13:35:00

प्रतिकृया दिनुहोस्