ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार म्याद थपको लागि लगिएका उनीहरुलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

ललिता निवास प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालिन प्रमुख सुधीर शाहलाई पक्राउ गरेको थियो।

सिआइबीले उनीहरुलाई बुधबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: : 2023-06-28 16:55:00

प्रतिकृया दिनुहोस्