ललिता निवास प्रकरणमा मंगलबार पक्राउ परेका चारै जनालाई काठमाडाैँ जिल्ला सरकारी वकिलकाे कार्यालयमा उपस्थित गराइएकाे छ। उनीहरुलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे सिआइबीले बुधबार बिहान सरकारी वकिलकाेमा उपस्थित गराएकाे हाे।
अब पक्राउ परेका चार जनालाई काठमाडाैँ जिल्ला अदालतमा लगेर अनुसन्धानकाे लागि म्याद थप गरिनेछ।
त्यसअघि सिआइबीले पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेकाे थियाे। पक्राउ पर्नेहरुमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन गुरुङ, धर्मप्रसाद गाैतम, गाेपाल कार्की र सुधीर शाह रहेका छन्। उनीहरुलाई प्रहरीले मंगलबार काठमाडाैँका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।
उनीहरुमाथि बालुवाटारस्थित ललिता निवासकाे जग्गा हिनामिना गरेकाे आराेप छ।