पशुपतिनाथको मन्दिरमा राखिएको सुन जलहरी आधा केजी कम भएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको हाे।
जलहरी जाँच्न अख्तियारको टोली आइतबार दिउँसो पशुपतिनाथ पुगेकाे थियाे। जलहरीमा प्रयोग भएको आधा केजी सुन कम पाइएको अख्तियार स्रोतले जनाएकाे छ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको विषय उठेपछि अख्तियार टाेली जाँच गरेकाे हाे।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुन १३ गते १ सय ८ किलोको सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको थियो। उक्त जलहरी निर्माणमा ८५ करोड खर्च भएको थियो।