नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दाेष भएकाे दाबी गरेका छन्। शुक्रबार जिल्ला अदालत काठमाडाैँका आदेशपछि केन्द्रीय कारागार लैजाँदै गर्दा खाँणले उक्त दाबी गरेका हुन्।
उनले जाँदा जाँदै भने,‘यो प्रकरणमा मेरो संलग्नता छैन, म निर्दोष छु। अब अध्ययन गर्छु, न्याय त पाउँला नि।’
जिल्ला अदालतले उनीसहित पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका १६ जनालाई केन्द्रीय कारागार सुन्धारामा पठाएकाे छ।