समाजवादी मोर्चा आज घोषणा नहुने

File Photo
File Photo

समाजवादी मोर्चा नेपालको घोषणा आज नहुने भएको छ। मोर्चाबारे छलफल गर्न आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बसेको थियो।

आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा घोषणा हुन नसक्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

समाजवादी मोर्चाको घोषणाको तयारी अन्तिम चरणमा पुगेपनि सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएको उनले बताए।

उनले भने, ‘सचिवालयको अनौपचारिक समाजवादी मोर्चा नेपाल गठन गर्ने विषयमा एक वर्ष पहिलेदेखि पहलमा छौँ। हामी चाँडो भन्दा चाँडो घोषणा गर्ने तयारीमा छाैँ। सबै दलको आन्तरिक बैठक तयारी नभएकाले केही दिन लाग्न सक्छ, हाम्रो तयारी भैसकेको  छ। अरु पार्टीहरुका पनि निर्णलाई पर्खनुपर्ने स्थिति भएकाले आज घोषणा हुन सकेन, अब अत्यन्तै चाँडै घोषणा गर्ने गरी छलफल भइरहेको स्थिति छ।’

उनले समाजवाद मान्ने अन्य दलहरुसंग संवाद चलिरहेपनि एमालेसंग भने यसबारे कुनै संवाद भएको नभएको बताए।

प्रकाशित मिति: : 2023-06-16 12:00:00

प्रतिकृया दिनुहोस्