प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ हुने

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आज (बिहीबार)को सुनुवाइ सकिएको छ।

बिहान साढे ८ बजेबाट सुरु भएकाे सुनुवाइ आजै प्रतिनिधिसभा बैठक हुने भएकाे कार्यक्रम भाेलि शुक्रबारकाे लागि सारिएकाे हाे। शुक्रबार बिहान ८ बजे बस्ने बैठकमा कार्कीसँग सवाल-जवाफ हुने तय भएकाे छ।

कार्कीले आजकाे बैठकमा आफ्नाे कार्ययाेजना प्रस्तुत गरेका थिए, जसमा उनले इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको, न्याललयकाे बेथिति अन्त्य गर्नेलगायत कार्ययाेजना सुनाएका थिए।

समितिले कार्कीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ।

वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2023-06-15 10:15:00

प्रतिकृया दिनुहोस्