संघदेखि प्रदेशसम्म भ्रमण वर्ष घोषणाको फेसन

अनलाइनखबर

अच्युत पुरी

नयाँ पर्यटकीय उत्पादन विकासमा उदासिन केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका सरकारले भ्रमण वर्ष र दशक घोषणामा भने प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि कोभिड-१९ महामारीका कारण मनाउन नपाएको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट पर्यटक दशक घोषणा गरेको छ । पर्यटन दशकको अवधारणा यसअघि कै सरकारको थियो । बजेट भाषणमा भनिएको छ, ‘सन् २०२३–२०३२ लाई पर्यटन दशकका रुपमा मनाइने छ ।’

साथै संघीय सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १० लाख पुर्‍याउने घोषणा समेत बजेटबाटै गरेको छ । यो लक्ष्य कोरोना महामारी भन्दा अगाडिका दुई वर्ष सन् २०१८ र २०१९ मा नेपाल आएका पर्यटकको संख्या भन्दा पनि कम हो । संघीय सरकारले आगामी आव २०८०/८१ मा नेपाल घुमौ, नेपाल चिनौ अभियान समेत चलाउने घोषणा गरेको छ ।

प्रकाशित मिति: : 2023-06-15 10:07:00

प्रतिकृया दिनुहोस्