संविधानसभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले युवाको सकृयता र सहभागिताले मात्र नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने बताएका छन्। शनिबार दाङको एक कार्यक्रममा पुनले उद्योग, पर्यटन, उत्पादन र सेवाको क्षेत्रमा राज्यले युवालाई आकर्षण गर्न विशेष सहयोग गर्नु पर्ने बताए।
विज्ञान, प्रविधि र खोज अनुसन्धानको क्षेत्रलाई थप फराकिलो बनाउँदै राष्ट्रको आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने उनको भनाइ छ। पुनले भने– ‘हिजो समय फरक थियो। युवाको आकर्षण र लक्ष्य फरक थियो। आज प्रविधि र विज्ञानले संसार चलाइरहेको छ। हाम्रो दैनिकी सरलीकरण हुँदैछ। युवाको आकर्षण डिजिटलाइजेसन अत्याधिक छ। युवाको आकर्षणलाई अब राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न सक्ने बनाइनु पर्छ।’
राज्यले विद्यमान नीतिमा व्यापक सुधार गर्दै युवालाई स्वदेश मै रहन प्रोत्साहित हुने कार्यक्रम संचालनमा लिइनु पर्ने सभापति पुननले बताए।