नेकपा (एमाले)ले ७० वर्षसम्मको उमेरहद हटाएको छ।
७२ वर्षे पार्टी अध्यक्ष केपी शर्मा ओलीको जोडबल, ६४ वर्षे विष्णु पौडेल (उपाध्यक्ष) र ६१ वर्षे शंकर पोखरेल (महासचिव)को पहलमा वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठक र जेठ १९ गते बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद कायम नरहने निर्णय गरेको हो।
पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेरहद हाललाई हटाएर एमालेले तल्लो तहमा अन्तर पार्टी निर्देशन पठाएकाे छ।
०७१ सालमा भएको नवौँ महाधिवेशनले पार्टीको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो।
तर विधानमा गरेको यस्तो व्यवस्थालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा एमालेभित्र छलफल हुँदै आएको एक पदाधिकारी बताउँछन्। अब भने एमालेले आफ्नो विधानको धारा ६४ मा भएको उमेर हद सम्बन्धी प्रावधान नै हटाउने निष्कर्षमा पुगेको छ।
स्राेतका अनुसार अध्यक्ष ओलीलाई फेरि अध्यक्ष बनाउने योजनासहित एमालेले उमेरहद हटाएको छ।
कसकाे उमेर कति—
अध्यक्ष, केपी शर्मा ओलीः ७२ वर्ष
वरिष्ठ उपाध्यक्ष, ईश्वर पाेखरेलः ७० वर्ष
उपाध्यक्ष–
सुवास नेम्वाङः ७१
अष्टलक्ष्मी शाक्यः ७० वर्ष
विष्णु पाैडेलः ६४ वर्ष
सुरेन्द्र पाण्डेः ६५ वर्ष
रामबहादुर थापाः ६९ वर्ष
युवराज ज्ञवालीः ७० वर्ष
महासचिव, शंकर पाेखरेलः ६१ वर्ष
उपमहासचिव–
प्रदीप ज्ञवालीः ६१ वर्ष
पृथ्वीसुब्बा गुरुङः ६६ वर्ष
विष्णु रिमालः ६२ वर्ष
सचिव–
लेखराज भट्टः ६४ वर्ष
गाेकर्ण विष्टः ५८ वर्ष
याेगेश भट्टराईः ५७ वर्ष
छविलाल विश्वकर्माः ६१ वर्ष
रघुवीर महासेठः ६२ वर्ष
पद्मा अर्यालः ५५ वर्ष