प्रतिनिधिसभाको जारी बैठकमा भारतीय भैंसी (राँगा)को विषयले हङ्गामा भएको छ।
बैठकमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द प्रयोग गरेपछि हङ्गमा भएको हो।
सांसद खनालले प्रयोग गरेको उक्त शब्दप्रति माओवादी सांसद हितराज पाण्डेले आपत्ति जनाएपछि सभामुख देवप्रसाद घिमिरे संसदको रकर्डबाट हटाउन निर्देशन गरेका थिए।
त्यसपछि विपक्षी दलका सांसदले उक्त शब्द प्रधानमन्त्रीले पनि प्रयोग गरेको भन्दै बैठक अवरोध गरेका छन्।