इलाममा अंश विवादमा छोराले गरे बाबुको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

माई नगरपालिका चेप्टीमा अंशबण्डाको झगडाका कारण आफ्नै बुबाको छोराले हत्या गरेका छन्। आजै बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका हुन्।

माई नगरपालिका २ चेप्टीका ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको आरोपमा माई नगरपालिका–२, चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

दिपकले जेठ ८ गते अंशबण्डाको विषयमा विवाद भई कुटपिट गर्दा लोकबहादुर गम्भीर घाइते भएका थिए। 

उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

बाबु हत्या आरोपमा पक्राउ परेका छोरालाई आवश्यक कार्वाहीका लागि प्रहरीले लगेको छ।
 

प्रकाशित मिति: : 2023-06-02 21:10:00

प्रतिकृया दिनुहोस्