काठमाडौंको तीनकुनेमा यात्रुबाहक बसले एउटा भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
बा ३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडी बसेका यात्रु २३ वर्षीया नागिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
नुवाकोट घर भएकी उनी हाल धोबिघाटमा बस्दै आएकी थिइन्। दुर्घटनालगत्तै ट्रमा सेन्टर पुर्याइएकी उनको त्यहीँ निधन भएको हो। त्यस्तै मोटरसाइक र भ्यान चालक, बसमा रहेका यात्रु र भ्यानमा रहेका अर्का एकजना पनि घाइते भएका छन्।
बस चालक रामकुमार खड्का र दुर्घटनामा परेका सबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।
सबै सवारी एउटै दिशाबाट आइरहेका थिए। तर क्रसिङमा रातो बत्ती बलेका बेला रोकिएका भ्यान र मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।