सर्पको टोकाइबाट दाजुभाइको मृत्यु

Symbolic photo
Symbolic photo

विषालु सर्पको टोकाइबाट सिन्धुलीको दुधौली नगरपालिका-१ भलुवाहीमा दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा  १२ वर्षीय गृष पहाडी र ७ वर्षीय कृष पहाडी रहेका छन्।

सोमबार राति सँगै सुतेका छोराहरु मंगलबार (आज) बिहान बेहोस अवस्थाम फेला परेपछि तत्काल स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचार हुन नसकेपछि महोत्तरीको गौरवमा रहेको सर्पदंश उपचार केन्द्र लगिएको थियो।

सर्पदंश केन्द्रले समेत रिफर गरेपछि जनकपुर लगिएकोमा त्यहाँको अस्पतालले दाजुभाइको नै मृत्यु भएको घोषण गरेको शिक्षक पहाडीले जनाकारी दिए।

सिन्धुली प्रहरीले घटनाका विस्तृत जानकारीका लागि प्रहरी चौकी हत्पतेबाट टोली खाएर घटनास्थलतर्फमा गरेको बताए।

सिन्धुली प्रहरीले घटनाको जानकारी आए पनि जनकपुरमा मृत्यु भएकाले यकिन विवरण प्राप्त भइनसकेको जनाएको छ।

प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालले घटनाको विस्तृत जानकारीका लागि प्रहरी चौकी हत्पतेबाट टोली खटिएर घटनास्थलतर्फ गएको बताए।

प्रकाशित मिति: : 2023-05-30 13:32:00

प्रतिकृया दिनुहोस्