राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ। शुक्रबार न्यायधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो।
वैशाख २५ गते सर्वोच्च अदालतले श्रेष्ठलाई सांसद पदबाट निलम्बन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नको लागि २ करोड मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेर सांसद पद खारेज गर्दिएको थियो।
तर, उक्त अडियो आफ्नो नभएको र रास्वपाले विनाप्रमाण आफूलाई कारबाही गरेको भन्दै श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए।