राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन्।
संघीय संसदका दुवै सदनलाई संबोधन गर्न आउँदा-जाँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।
सर्वसाधारणलाई सास्ती हुनेगरी तामझामको तयारी नगर्न सुरक्षा निकायलाई राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
सडक खाली गराएर राष्ट्रपतिकाे सवारी गर्ने पुरानो परम्परा ताेड्दै सामान्य रुपमा संसद् गएर फर्किने तयारी रहेकाे जनाइएकाे छ।
राष्ट्रपति पौडेलले आज अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो।