शरणार्थी प्रकरणबारे गगन थापाले भने– अपराधमा संलग्न नेताको भारी पार्टीले बोक्दैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता पार्टीको जिम्मेवारीबाट आफैँ अलग हुनुपर्ने बताएका छन्। 

मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने बताएका हुन्।

फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्ने थापाको भनाइ छ।

'यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ,' महामन्त्री थापाले भने, 'पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ।'  

प्रकाशित मिति: : 2023-05-16 19:35:00

प्रतिकृया दिनुहोस्