संसदीय सुनुवाइ समितिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट चार जना सांसद चयन भएका छन्।
एमालेले प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, पूर्वमन्त्री योगेश भट्टराई र सांसद ईश्वरी जीएमको नाम मनोनीत गर्ने सहमति दिएको छ।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सिफारिस गरेका हुन्।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ।