नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो।
रायमाझी नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य संलग्न रहेकाे भन्दै जिल्ला अदालत काठमाडाैँले पक्राउ पुर्जी जारी गरेपछि फरार छ।
गत बुधबार गृह अर्घाखाँचीबाट काठमाडाैँ आउँदै गरेका रायमाझी गत बुधबारदेखि फरार भएपछि प्रहरीले उनकाे खाेजी कार्यलाई तीव्रता दिइरहेकाे छ। साेही अनुसार प्रहरीले आज उनकाे घरमा छापा मारेकाे हाे।