राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ। सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नकाे लागि २ कराेड मागेकाे अडियाे बाहिरिएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद पद खारेज गर्दिएकाे थियाे।
यद्यपि, उक्त अडियाे आफ्नाे नभएकाे र रास्वपाले विनाप्रमाण आफूलाई कारबाही गरेकाे भन्दै ढाकाकुमारले सर्वाेच्चमा रिट दायर गरेका थिए।
उनी अहिले रास्वपाकाे सदस्यसमेत छैनन्।