राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ।
सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका गराउने तय भएको छ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो। उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो। सोही अनुसार सचिवालयमा प्राप्त सूचना समामुख घिमिरले संसदलाई जानकारी गराउन लागेका हुन्।