ढाकाकुमारको ठाउँमा विन्दबासिनीलाई सांसद बनाउने रास्वपाकाे निर्णय

रााष्ट्रिय स्वतन्त्र पार्टीले घुस काण्डमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ। पार्टीको सदस्यता खारेज भएसँगै श्रेष्ठले सांसद पदसमेत गुमाएका छन्। 

रास्वपा केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय पनि गरेको छ।

सभापति रवि लामिछानेले समानुपातिक सांसद श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई लैजाने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

मन्त्री बन्न रवि लामिछानेको 'कोर टीम'लाई नगद बुझाउनु पर्ने भन्दै श्रेष्ठले मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड मागेको टेलिफोन संवादको अडियो अस्ति सार्वजनिक भएको थियो। त्यसपछि रास्वपाले उनलाई निलम्बन गरी छानविन अघि बढाएको थियो।

प्रकाशित मिति: : 2023-04-13 07:02:00

प्रतिकृया दिनुहोस्