सांसद ढाकाकुमारलाई निष्कासन गर्ने रास्वपाको निर्णय

मन्त्री पदको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेका ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका छन्।

रास्वपाको पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा बुधबार बसेको बैठकले उनको सांसद पदसमेत खारेज गर्दै पार्टीबाट निष्कासित गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

ढाकाकुमारले मन्त्री बन्नको लागि प्रसाईंसँग पैसा मागेको प्रमाणित भएपछि पार्टीको विधानअनुसार स्वत कारबाही गरिएको लामिछानेले जानकारी दिए।

त्यस्तै रास्वपाले ढाकाकुमारको सांसद पद खारेज गरिदिएसँगै सोही ठाउँमा पार्टीका अर्की नेत्री विन्दवासिनी कंसाकाकरलाई सांसद बनाउने निर्णय गरेको छ।

ढाकाकुमारले पार्टी स्वास्थ्य मन्त्री बन्नको लागि साढे दुई करोड पैसा मागेको भन्दै सो रकम सहयोग गर्न दुर्गा प्रसाईंसँग गरेको अडियो रेकर्ड आइतबार बाहिरिएको थियो।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-12 20:30:00

प्रतिकृया दिनुहोस्