ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रहरीसमक्ष आफैं उपस्थिति हुने बताएका छन्।
स्रोतका रायमाझीले प्रहरीलाई फोन गरी आफू २ बजेभित्र काठमाडौँ हाजिर हुन आउने बताएका हुन्। रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी थालेपछि पक्राउ पर्ने डरले उनले आफैं प्रहरीमा जाने बताएका हुन्।
काठमाडौँमा पक्राउ पुर्जी जारी हुँदा उनी गृह जिल्ला अर्घाखाँचीमा थिए।
फलाेअप समाचार: