अर्घाखाँचीमा प्रहरीले समात्न नसकेका टाेपबहादुर रायमाझी बाटोमै पक्राउ पर्लान् त ?

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)का सचिव तथा पूर्व उप्रधानमन्त्री टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीमा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कदै छन्। उनी सभामुख देवराज घिमिरेको साथमा काठमाडौँ फर्कन लागेको हुन।

तर, रायमाझी बाटोमा नै पक्राउ पर्नेसक्ने सम्भावना रहेको छ। किनभने, उनीमाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। बुधबार मात्र उनीमाथि पक्राउ पुर्जी जारी भएको हो।

पक्राउ पुर्जी जारी भएपछि रायमाझीले अर्घाखाँचीबाटै आफ्नो उक्त कार्यमा संलग्नता नरहेको प्रतिक्रिया दिएका थिए। बुधबार साँझ मात्र उनी सडकमार्ग हुँदै काठमाडौं फर्कर्ने क्रममा प्रहरीले पक्राउ गर्छ कि गर्दैन भन्ने चासो बढेको छ।

अर्घाखाँची प्रहरीले भने पक्राउ गर्न सकेन। काठमाडौँमा पक्राउ पुर्जी जारी भए पनि आफूहरुसमक्ष पक्राउको लागि आदेश नआएको कारण पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।

बाटोमा रायमाझीलाई प्रहरीले पक्राउ गर्ला त ? नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बाटोमा पनि पक्राउ गर्न सकिने बताए। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘पक्राउ पुर्जी जारी भएपछि प्रहरीले जुनसुकै समयमा जहाँ पनि पक्राउ गर्छ सक्छ। उनी पक्राउ पर्न सक्छन्।’

तर, प्रवक्ता कडायतले पक्राउ पुर्जी लिने नेपाल प्रहरीको संयन्त्रले यसको कार्य गरिरहेको बताए। उनले पक्राउ पुर्जी जारी भएकोमा समेत अनविज्ञता प्रकट गर्दै पक्राउ पुर्जी जारी भएकाले आदेशअनुसार प्रहरी पक्राउ गर्न तयार रहेको बताए।

फलाेअप समाचार:

अर्घाखाँचीमा प्रहरीले किन समात्न सकेन टोपबहादुर रायमाझीलाई ?

हाेटेलकाे ढाेकैमा गाडी बाेलाएर सभामुखसहित काठमाडौँ हिँडे टोपबहादुर रायमाझी

कहाँ छन् टाेपबहादुर रायमाझी, कसरी हुन्छ पक्राउ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

प्रकाशित मिति: : 2023-05-03 18:45:00

प्रतिकृया दिनुहोस्