हाेटेलकाे ढाेकैमा गाडी बाेलाएर सभामुखसहित काठमाडौँ हिँडे टोपबहादुर रायमाझी

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्नता रहेको भन्दै जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि एमाले सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट काठमाडौँ डिँडेका छन्। उनी सभामुख देवराज घिमिरेको साथमा काठमाडौँ जान लागेका हुन्।

अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएर रायमाझी काठमाडौँ हिँडेका हुन्। उनीविरुद्व पक्राउ पुर्जी जारी भए पनि जिल्ला प्रहरीले उनलाई नियन्त्रणमा लिएन्।

छत्रदेवस्थित महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा बोले लगत्तै त्यहाँबाट सिधै सन्धिखर्कको होटेल साथीमा छिरेका उनी यहीँबाटै सिधैं गाडी चढेर काठमाडौँ हिँडेका छन्।

उनले काठमाडौँ हिँड्नुअघि पत्रकारलाई छोटो अभिव्यक्ति दिँदै आफू सो कार्यमा संलग्न नरेको बताएका थिए।

प्रकाशित मिति: : 2023-05-03 16:55:00

प्रतिकृया दिनुहोस्