बिएल संवाददाता
कांग्रेस नेता शेखर कोइराला सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगेका छन्।
मंगलबार नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथमा लिएर देउवा भेट्न पुगेका हुन्।
क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेका नेताहरूको कारबाही फुकुवा लगायत विषयमा कुरा गर्न उनीहरू देउवा निवास पुगेका हुन्।
कोइरालाले नम्बर बिनाका फारम जिल्ला पठाउँदा पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवालाई गुनासो गरे।
बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन गर्न देउवालाई उनले आग्रहसमेत गरे। नम्बर बिनाका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु नहुने उनको तर्क थियो।
त्यस्तै कोइरालाले गत ०७९ सालको निर्वाचनमा गठबन्धनविरुद्ध लागेको भरमा कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गरी महाधिवेशन र निर्वाचनमा खटिने वातावरण बनाउन ध्यानाकर्षण गराए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया