मङ्गलबार, १६ डिसेम्बर २०२५

प्रदीप ज्ञवालीले अस्वीकार गरेको ओली गुटको उपाध्यक्षमा रघुजी पन्त

News Image
• • •

नेकपा एमालेको जारी महाधिवेशनमा महासचिव खोज्दै उपाध्यक्ष त्यागेका प्रदीप ज्ञवालीको स्थानमा रघुजी पन्त समेटिएका छन्।

एमाले स्रोतका अनुसार ज्ञवाली केन्द्रीय सदस्य मात्रै उठ्ने भएपछि उनका लागि खाली राखिएको स्थानमा पन्तलाई समेटिन लागेको हो।

पन्तले ओली गुटबाट केन्द्रीय सदस्य अस्वीकार गर्दै उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए। अब उनी ओली गुटबाटै उपाध्यक्ष लड्ने भएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!