नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्।
उनलाई आज (मंगलबार) बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो।
उनी नेकपा (एमाले) नेता रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा सल्लाहकारमा नियुक्त भएका थिए।
यसअघि प्रहरीले साेही मुद्दामा केशवप्रसाद दुलाल लगायतलाई पक्राउ गरेकाे थियाे।