गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा बिहीबमर नियुक्त गरेका हुन्।

कांग्रेसका २७, माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थनसहित उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो। मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-04-27 16:08:00

प्रतिकृया दिनुहोस्