चितवन २ मा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति

File Photo
File Photo

चितवन क्षेत्र नम्बर २ मा आज दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको छ।

बिहान ८ बजेदेखि मतगणना गर्ने तयारी भएपनि सर्वदलीय बैठकमा कुरा नमिल्दा ढिला गरेर दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको चितवन जिल्लाका एक नेताले बताए।

तर यो समाचार तयार पार्दासम्म निर्णय भने भइसकेको छैन। ‘छलफलमा दिउँसो १ बजेदेखि मतगणना गर्ने गरी तयारी भएको छ,’ उनले भने, ‘तर निर्णय हुन भने बाँकी रहेको छ।’

सर्वदलीय बैठकमा चितवन २ का उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै उनलाई कार्वाही गरेपछि मात्र मतगणना हुने अन्य दलका नेताहरुको अडान थियो। तर सर्वपक्षीय र सर्वदलीय बैठकपछि मतगणना भने गर्न दिने गरी सहमति भएको छ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाबाट पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलगायत उम्मेदवार छन्।

प्रकाशित मिति: : 2023-04-24 11:37:00

प्रतिकृया दिनुहोस्