प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रकाे मतदान सकिएकाे छ।
चितव २, बारा २ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सकिएकाे निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो।
प्रमुख आयुक्त थपलियाका अनुसार तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको छ। चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ १ मा ५२ प्रतिशत खसेको छ।
तीनवटै क्षेत्रमा आजै रातिदखि मतगणना हुने भएको छ। थपलियाका अनुसार तीन दिनभित्र नतिजा आउने छ।