रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले दियाे उजुरी

File Photo
File Photo

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

आइतबार भएकाे उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले उजुरी दिएको हाे।

कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन्।

निर्वाचन प्रक्रिया सुचारू भइरहेकाे अवस्थामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, विभिन्न मतदान स्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ।

नयाँ किरण मावि भोजाड मतदान स्थलमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन स्वीकार गरेकाले कारबाहीको सिफारिस गर्ने निर्णय भएको उजुरीमा स्मरण गराइएको छ।

प्रकाशित मिति: : 2023-04-23 18:48:00

प्रतिकृया दिनुहोस्