ईपीएसलाई मन्त्रालयकाे प्रश्न- कोरिया जाने टिकट लागत कति हो ?

File Photo
File Photo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएकाे छ।

कोरिया जाने यात्रुसँग कोरियन एयरलाइन्सले महँगो भाडा असुल गरेकाे भन्दै श्रम मन्त्रालयमार्फत स्पष्टीकरण सोध्ने निर्णय भएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए। उनका अनुसार तीन दिनभित्र जवाफ पठाउन भनिएकाे छ।

ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकटको लागतबारे प्रश्न साेधिएको छ।

'प्रतिव्यत्ति नाफा कति आउँछ? कति प्रतिशत बढाउन पाउने नियम छ? कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ?' भन्ने खालका प्रश्न गरिएकाे मन्त्री किराती बताए।

यस्तै, कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ, कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको? भन्दै प्रश्न गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-04-21 17:38:00

प्रतिकृया दिनुहोस्