संघीय निजामती विधेयकमा सहमति जुटाउन ११ सदस्यीय संसदीय उपसमिति गठन

संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ। 

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो।

उपसमितिको सदस्‍यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन्।

प्रकाशित मिति: : 2025-02-21 14:48:00

प्रतिकृया दिनुहोस्