सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई तीन दिनभित्र सिंहदरबारभित्रको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको हो।
संघीय सरकारकाले सहयोग नगरेको भन्दै मेयर साहले चैत २४ गतेदेखि सिंहदरबारको फोहोर उठाएका छैनन्।