नेपाल नेत्रज्याेती संघ चन्दनाथ आँखा अस्पताल जुम्लामा तिन दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ।
शिविरको पहिलो दिनमा तिन सय तिन जनाको आँखा जाँच सहित ९३ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रमकी जिल्ला संयोजक मिना आचार्यले बताइन्।
'शिविरमा मोतियाबिन्दुबाट जटिल अवस्था भएका बिरामीले नि:शुल्क सेवा पाएका छन्,' उनले भनिन्।
नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको हो।
झण्डै दुई वर्षपछि जुम्लामा नि:शुल्क आँखा शिविर संचालन भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नेत्रराेग विशेषज्ञ डा. विश्वराज तिमिल्सिनाले बताए।
उनका अनुसार नेत्रविशेषज्ञ डा.सन्तोष सुबेदी नेतृत्वमाको प्राविधिक टोलीले शिविरमा सेवा दिइरहेकाे छ। शिविर बिहीबार सम्म संंचालन हुनेछ।