लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने

File Photo
File Photo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते मत लिने भएका छन्।

प्रदेशसभाको ११ गते बस्ने बैठकमा मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए।

केन्द्र फेरिएकाे सत्ता समीकरणअनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन्। 

प्रकाशित मिति: : 2023-04-17 16:43:00

प्रतिकृया दिनुहोस्