ओली भेट्न बालकोट जाँदै 'प्रचण्ड–देउवा'

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्‌मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा संवाद हुँदैछ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवा विधेयकमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकाेट जाँदैछन्।

स्राेतका अनुसार उनीहरू बिहान ९ बजे बालकाेट जाने छन्। संवादका क्रममा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा तीव्र छलफल गर्ने बताइएकाे छ।

विधेयक अघि बढाउने समझदारीका लागि ओलीनिवास बालकोटमा बिहान ९ बजे छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2023-04-17 07:31:00

प्रतिकृया दिनुहोस्