काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंबाट सिंहदरबार अन्य पालिकामा सार्न केन्द्र सरकारलाई आग्रह गरेका छन्।
काठमाडौंमा नै सिंहदरबार राख्ने भए काठमाडौं महानगरको हितमा काम गर्न मेयर साहको आग्रह छ।
काठमाडौंको हितमा काम नगरेको भन्दै मेयर साहले सिंहदरबारको फोहोर नउठाउन आग्रह गरेका छन्।
उनको आग्रहपछि सिंहदरबारको फोहोर उठेको छैन। ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताएका छन्। साहले लेखेका छन्, ‘सिंहदरबार सार्दैमा हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनिती हैन।’