आजपाकाे ७५ सदस्यीय जिल्ला कमिटी गठन

आम जनता पार्टी (आजपा) को सम्पन्न धनुषा जिल्ला भेलाले सन्तोषराज सहनीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उदघाटन गरेका थिए। भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन दिए।

आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार धनुषाको जिल्ला इन्चार्जमा श्रीलाल महासेठ रहेका छन्। कमिटीको अध्यक्षमा सन्तोषराज सहनी, सचिवमा बलदेव साह र कोषाध्यक्षमा सन्तोष महतो रहेका छन्।

यसैगरी जिल्ला सदस्यहरुमा सुनिता देवी मण्डल, राकेश कुमार भगत, नन्दु साह, आशुतोष साह, ज्ञानदेव सहनी, नागेन्द्र चौधरी, लक्ष्मीनिया देवीसाह, महेश पासवान, सुरेश पुर्वे, ईन्दल पुर्वे, सन्तोष कापड, नवीन यादव, रमिता शर्मा, गोपिनाथ साह, संगीता चौधरी, रामगुन साह, दिपेन्द्र कुमार दास, राकेश साह, अकाश कापड, पशुपति साह, मुकेश कापड, मस्त्किम राईन, भिम बहादुर भुजेल, रोशन कुमार राउत, राज कुमार मण्डल, बिनोद मण्डल, अरुन दाहा सहनी, सिपेन्द्र  यादव, दिपेन्द्र यादव रहेका छन्।

यसैगरी सदस्यहरुमा राजकिशोर सहनी, अशोक मंडल, सोमनी मुखिया, सुशील कुमार सहनी, बैधनाथ साह, रमेश साह, रामललित साह, सन्तोष साह, राधा देवी मण्डल, अम्बिका राम, रिंकु दास, हिरा राउतलगायतका रहेका आजपा प्रवक्ता साहले बताए।

प्रकाशित मिति: : 2023-04-13 10:59:00

प्रतिकृया दिनुहोस्