२० हजार घुससहित इन्जिनियर पक्राउ

२० हजार रुपैयाँ घुससहित विराटनगरबाट एकजना इन्जिनियर पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई पक्राउ गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारका मेहतालाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले मेहतालाई सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको दाहालले जानकारी दिए। 

इन्जिनियर मेहतालाई घुसको रकमसहित विराटनगर महानगरपालिका वडा नं ५ स्थित चादँनी चौकबाट नियन्त्रणमा लिएको हो। 

घुससहित पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता दाहालले जानकारी दिए। सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौँ तहका कर्मचारी हुन्।

प्रकाशित मिति: : 2023-04-10 18:55:00

प्रतिकृया दिनुहोस्