अब पनि काम नगरेर अल्मलियाैँ भने परिवर्तन धरापमा पर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि जनताले महसुस गर्ने गरी काम गर्न नसके प्राप्त उपलब्धी गुम्ने खतरा उत्पन्न हुने बताएका छन्।

बुधबार काठमाडौंमा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आयोजना गरेको सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले फरक र गुणात्मक रुपमा महसुस गर्ने गरी काम गर्न आफू लागिपरेको भन्दै अब पनि अल्मलिए परिवर्तन धरापमा पर्ने खतरा रहेको बताए।

उनले केही दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने र सरकारको सम्पूर्ण ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा केन्द्रीत हुने धारणा राखे। यसपटकको सरकारको कार्यक्रम परम्परागत भन्दा केही भिन्न र नयाँ हुने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले अहिले निकै चुनौतीपूर्ण अवस्थामा मोर्चा गरेर नेतृत्वको अवसर प्राप्त भएको भन्दै सवै मिलेर अर्थतन्त्र लगायतका समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताए। संविधान र संघीयताको कार्यान्वयनमा बहसहरु रहेको भन्दै उहाले कतिपय शक्तिहरुले परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेको बताए।

प्रकाशित मिति: : 2023-04-05 15:47:00

प्रतिकृया दिनुहोस्