कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान १० बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। 

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने बैठकले उपनिर्वाचनमा पार्टीकाे तर्फबाट उठाइने उम्मेदवारहरूबारे निर्णय गर्ने बताइएको छ। 

बैठकमा मन्त्रिपरिषद्को पूर्णता, संस्थापनइतर समूहले पाेख्दैआएकाे तीव्र असन्तुष्टिबारे पनि छलफल गर्ने महामन्त्री गगन थापानिकट एक केन्द्रीय सदस्यले जनाएका छन्।

प्रकाशित मिति: : 2023-04-02 07:31:00

प्रतिकृया दिनुहोस्