उपनिर्वाचन: रास्वपाले घोषणा गर्‍यो तीनै क्षेत्रका उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि उम्मेदवार घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा सम्पन्न संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको हो।

घोषणाअनुसार तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. २ मा रवि लामिछाने र बारा क्षेत्र नं. २ मा रमेश खरेलले उम्मेदवारी दिने भएका छन्। केन्द्रीय कार्यालयले उनीहरुलाई आज चुनावको टिकट दिएको छ।

वाग्ले र खरेल आजै मात्रै रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी सभापति लामिछाने गत निर्वाचनमा पनि साेही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2023-04-01 16:43:00

प्रतिकृया दिनुहोस्